Logo
४ वैशाख २०८३, शुक्रबार

गैह्रकानुनी शुल्क विद्यार्थीलाई फिर्ता गर्न मन्त्रालयको निर्देशन

अक्षरपाटी
२०८२ चैत्र २५ , बुधबार ०५:०४ मा प्रकाशित

काठमाडाैं। गैरकानुनी रुपमा उठाइएको शुल्क विद्यार्थीलाई नै फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न भनेको हो।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशका केही संस्थागत विद्यालयले अझै पनि कानुन विपरित शुल्क लिने काम गरिरहेको गुनासो आएको भन्दै गैरकानुनी रुपमा लिएको शुल्क फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको हो।

मन्त्रालयले कुनैपनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनको प्राव्धान तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही प्रकृया अगाडि बढाइने विज्ञप्तिमार्फत जनाएको छ।

विद्यार्थीको शुल्कासम्बन्धी उजुरी र गुनासोको रिपोर्टिं तथा सहजीकरणका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

सो कक्षको सम्पर्क व्यक्तिका रुपमा केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौर (फोन ९८५१२१४६३८ इमेल चबततजयगच२नmबष्।िअयm) लाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसअघि यही चैत २२ गते विज्ञप्ति मार्फत केही संस्थागत विद्यालयहरुले प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरित हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गरेको पाइएकोमा ध्यानाकर्षण भएको जनाएको थियो।

मन्त्रालयले निजीस्तरका विद्यालयलाई पनि भर्ना शुल्कका नाममा उठाउँदै आएको रकम अब विद्यार्थी पढ्ने कक्षाको एक महिनाको शुल्क बराबर मात्र उठाउन निर्देशन दिइसकेको छ।

शिक्षा मन्त्रालय शुल्क

ट्रेन्डिङ ( साप्ताहिक )