Logo
१८ वैशाख २०८३, शुक्रबार

सक्दिन बस्न लैजाऊ तिमीसँगै (गजल)

अक्षरपाटी
२०८२ भदौ ५ , बिहीबार ०९:०८ मा प्रकाशित

० धर्मानन्द भट्ट

सजिलै सुल्झिन पनि, किन उल्झन मान्दैन
सधैं अल्झिरहन पनि त, यो जीवन मान्दैन।

बेठिक भन्न पनि अहिले परिस्थिति मान्दैन,
ठिक कसरी भन्नू ? ठिक भन्न, यो मन मान्दैन।

जिन्दगी चलाउन पैसा चाहिने साँचो रहेछ,
कहिल्यै मेरो जीवनमा, आउन धन मान्दैन।

आऊ उडाउ लैजाउ न भन्छु मनका सपना,
गरेको आग्रह पनि, किन किन पवन मान्दैन।

सक्दिन बस्न लैजाऊ तिमीसँगै भन्दा पनि,
चम्किलो जुन मान्दैन, निलो गगन मान्दैन।

तिम्रो जस्तो व्यापार गर्न पनि जानिएन छ,
बदमासी गर्न त मेरो, आदर्शले झन मान्दैन।

न छोड्न मिल्ने न जोडिनसक्ने बनाएछौ,
सम्बन्ध बिर्सिन पनि त त्यो बचपन मान्दैन।

गजल धर्मानन्द भट्ट
यो पनि हेर्नुहोस् : गजल