Logo
१० भदौ २०८३, बुधबार

कैलालीमा नगदसहित ८ जुवाडे पक्राउ

अक्षरपाटी
२०८२ भदौ ५ , बिहीबार ०९:०८ मा प्रकाशित

कैलाली । जुवातास खेलिरहेको अवस्थामा कैलालीको गौरीगंगा नगरपालिकाबाट आठ जनालाई पक्राउ गरिएको छ।

गौरीगंगा नगरपालिकाको ८ नम्बर वडामा पर्ने मसुरियाबाट दुई लाख १३ हजार नगदसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मसुरिया बजारमा रहेको चाइनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा सेन्टरका सञ्चालक टेक मन्नीसहितलाई पक्राउ गरिएको हो।

उनीहरुमाथि थप कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कैलाली जुवातास

ट्रेन्डिङ ( साप्ताहिक )