Logo
१९ भदौ २०८२, बिहीबार

प्रभु बैंक अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

अक्षरपाटी
२०८२ भदौ १८ , बुधबार १०:०९ मा प्रकाशित

काठमाडाैं। प्रभु बैंक अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित भएको छ ।

प्रभु बैंक लिमिटेड नेपाल्स बेस्ट डिजिटल बैंक फर एसएमईएसको सम्मानबाट सम्मानित भएको हो। जुन सम्मान अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडद्वारा प्रदान गरिएको हो।

सिंगापुरमा आयोजना भएको कार्यक्रममा सो सम्मान बैंकलाई प्रदान गरिएको बैकका प्रमुख सूचना अधिकारीले जानकारी गराए।

सम्मान ग्रहण गर्न बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित तीन जना महिला अधिकृत कार्यक्रममा सहभागी भएका थिए।

सो कार्यक्रममा उनीहरुलाई अवार्डसहित सम्मान गरिएको थियो।

यो अवार्ड प्रभु बैंकले साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रवाहमा खेलेको अग्रणी भूमिकालाई मान्यता दिएको हो।

यसअघि पनि यस बैंकले भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनमा एकसाथ दुई अवार्ड प्राप्त गरेको थियो ।

प्रभुले ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस’ र ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन’ अवार्ड पाएको हो।

प्रभु बैंक बैंक अफ द इयर २०२३ बाट सम्मानित भएको थियो।

प्रभु बैंक युरोमनी एक्सिलेन्स अवार्ड २०२५