काठमाडौं। जेनजी पुस्ताकले सोमबारदेखि थालेको आन्दोलनमा पहिलो दिन राज्यको दमनका कारण १९ जनाको मृत्यु भयो।
त्यसैको आक्रोमा मंगलबार बिहानैदेखि चर्किएको आन्दोलनबाट जेनजीले करिब देशका सबै प्रशासनिक निकाय, संसदभवन, राष्ट्रपतिभवनदेखि नेताका घरसम्म कब्जा जमाए। देशभर आगजनी र तोडफोड भयो।
जेनजीले पछिल्ला आगजनी र लुटपाटमा घुसपैठ भएकाे बतायाे ।
आन्दोलनपछि माग अनुसार परिस्थिति अघि बढिरहेका बेला आन्दोलनमा अराजक समूहको घुसपैठ भएको जेनजीले बतायो।
जनताका नाममा प्रधानसनेपति अशोकराज सिग्देलले सम्बोधन गरेलगत्तै नेपाली सेनाले सुरक्षाको नेतृत्व गरेको छ।
अराज समूह मार्फत देशको साँस्कृतिक, पुरातात्विक सम्पत्ति, सार्वजनिक सम्पत्तिको रक्षा र जनताको जीउधनको सुरक्षाका लागि मंगलबार राति १० बजेबाट सेना सडकमा आएको हाे।
सेनाको नेतृत्वमा सबै सुरक्षाका अंगहरु परिचालन भएका छन्। अतिआवश्यकबाहेक सडकमा ननिस्कन सेनाले भनेकाे छ। अहिले काठमाडाै र देशका विभिन्न सहरमा सेनाले सुरक्षा दिइरहेकाे छ। सर्वसाधारणकाे आउजाउमा कडाइ गरेकाे छ।