काठमाडौं । बिहीबारदेखि निषेधाज्ञा र कर्फ्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बुधबार वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको जनाएको छ।
विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ।
आज बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु खोलिएको र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ।
तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म दिनभर भने निषेधाज्ञा यथावत रहने विज्ञप्तिमा उल्लेख छ।
यस्तै, भोलि भदौ २६ गते शुक्रबार बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यकाभर कर्फ्यु आदेश लागू हुने सेनाले जानकारी दिएको छ।
नागरिकको जनधनको सुरक्षा प्रमुख प्राथमिकता भएकाले कर्फ्यु आदेश र निषेधाज्ञा पालना गर्न सेनाले सबैलाई आग्रह गरेको छ।
कर्फ्यु नेपाली सेना