Logo
२७ असोज २०८२, सोमबार

सुनको मूल्य तोलाको २ लाख ३० हजार नाघ्यो

अक्षरपाटी
२०८२ असोज १९ , आईतबार ११:१० मा प्रकाशित

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ। दसैंअघिको तुलनामा सुन प्रतितोला सात हजार चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले दसैंअघि (गत आइतबार) अन्तिम पटक दुई लाख २३ हजार दुई सय रूपैयाँ मूल्य तोकेको थियो। यस आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ३० हजार ६ सय रूपैयाँ पुगेको छ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला एक सय २० रूपैयाँले बढेको छ। यसअघि २८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार २९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३८ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनचाँदी