Logo
२३ असार २०८३, मंगलबार

अमेरिका, चीनलगायत ११ देशका राजदूत फिर्ता !

अक्षरपाटी
२०८२ असोज ३० , बिहीबार ०६:१० मा प्रकाशित

काठमाडौं। वर्तमान सरकारले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ।

सरकारले परराष्ट्र मन्त्रालयको सिफारिसमा चीन, अमेरिका, जापान, बेलायत, जर्मनी, साउदी अरेबिया, स्पेन, मलेसिया, कतार, रुस र इजरायलमा कार्यरत राजदूतलाई फिर्ता बोलाउने भएको हो।

मन्त्रिपरिषदले उनीहरुलाई कात्तिक २० भित्र फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई भने यथावत राखेको छ।

फिर्ता बोलाइएका अधिकांश राजदूत अघिल्लो सरकारले राजनीतिक कोटाबाट नियुक्त गरेको थियो।

तीमध्ये जापानका लागि राजदूत दुर्गाबहादुर सुवेदी भने परराष्ट्र सेवाबाट आएका हुन्।

फिर्ता बोलाइएका राजदूत

चीन- डा कृष्ण प्रसाद ओली
अमेरिका- लोकदर्शन रेग्मी
बेलायत- चन्द्र घिमिरे
मलेसिया- नेत्र तिम्सिना
जर्मनी- शैल रुपाखेती
इजरायल- धनप्रसाद पण्डित
रुस- जंगप्रसाद चौहान
स्पेन- सनिल नेपाल
कतार- रमेशचन्द्र पौडेल
साउदी- अरेबिया नरेशविक्रम ढकाल
जापान- दुर्गाबहादुर सुवेदी

सुशीला कार्की