Logo
२४ कात्तिक २०८२, सोमबार

‘उपचार गर्न हिँडेकी’ प्रदेश प्रमुखले बाटोबाटै टिपेर होटेलमा गराइन मुख्यमन्त्रीको सपथ, सर्वत्र निन्दा

अक्षरपाटी
२०८२ कात्तिक २४ , सोमबार ०९:११ मा प्रकाशित

काठमाडौं। उपचार गर्छु भन्दै निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘अ-राजनीतिक’ कदम चालेको भन्दै सर्वत्र निन्दा सुरु भएको छ।

प्रदेश प्रमुख सुवेदीले ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम प्रदेशकाे मुख्यमन्त्री चुनेपछि एमाले भित्रै असन्तुिष्टि देखिएको हो।

आज एकाबिहानै सुवेदी उपचारका लागि भन्दै निस्केकी थिइन। तर उनले बर्दिबास नगरपालिका–३ मा रहेको पानस होटेलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बाटैमा मुख्यमन्त्रीमा पद तथा गोपनीयताको शपथ गराइन्। याे घटनामा एमालेकै कतिपय सांसद बेखबर छन् ।

दलभित्र संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनको सम्भावना जीवितै रहेकाबेला ३ मा गएर मुख्यमन्त्री बाटैमा नियुक्त गरेको विषयलाई लिएर नेपाली काँग्रेसले पनि निन्दा गरेको छ।

कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त गरेको घटनालाई ‘अ-राजनीतिक’ भनेको छ।

प्रदेश प्रमुख सुवेदीको याे कदमले नागरिकमा संघीयताप्रति थप वितृष्णा र आक्राेश बढाउन सघाउने कांग्रेसको टिप्पणी छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फेसबुकमार्फत भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दु:खद छ। नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय ।’

सञ्चाे भएकाले काठमाडौं जान्छु भन्दै आज बिहान घरबाट निस्किएकी प्रदेश प्रमुखले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएकी थिइन् ।

मधेश प्रदेश सरोजकुमार यादव सुमित्रा सुवेदी