Logo
२८ कात्तिक २०८२, शुक्रबार

यातायात डेटा सेन्टरमा पुनः समस्या उत्पन्न, नयाँ लाइसेन्स आवेदन सेवा अस्थायी रूपमा बन्द

अक्षरपाटी
२०८२ कात्तिक २८ , शुक्रबार १२:११ मा प्रकाशित

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ । २३ र २४ भदौको आन्दोलनका कारण विभागमा

ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए । विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो ।