
काठमाडौं । रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले बक्स अफिसमा पहिलो दिन २८ करोडभन्दा बढीको कमाई गरेको छ।
‘धुरन्धर’ ले रणवीर सिंहको करियरको सबैभन्दा ठूलो ओपनिङको रेकर्ड बनाउदै ‘पद्मावत’ र ‘सिम्बा’को रेकर्ड तोडेको छ।
फिल्मले सलमान खानको ‘सिकंदर’ र अनीत पड्डाको फिल्म ‘सैयारा’को रेकर्ड पनि तोडेको छ।
फिल्मका मेकर्सका अनुसार, ‘धुरन्धर’ ले शुक्रबार इन्डियन बक्स अफिसमा २८.६० करोड रुपैयाँ कमाएको छ। यसअघि रणवीरको फिल्म ‘पद्मावत’ले पहिलो दिन २४ करोड रुपैयाँ कमाएको थियो भने रोहित शेट्टीको ‘सिम्बा’ ले लगभग २०.७२ करोड रुपैयाँ कमाएको थियो।
धुरन्धरले सलमान खानको फिल्म ‘सिकंदर’ (२६ करोड) र अनीत पड्डा तथा अहान पाण्डेको फिल्म ‘सैयारा’ (२१ करोड) को रेकर्ड पनि तोडेको छ।
बक्स अफिसमा अर्को फिल्म ‘तेरे इश्क मे’ पहिले नै प्रदर्शनरत रहेर राम्रो कमाइ गरिरहेको भए पनि ‘धुरन्धर’ ले सबैभन्दा बलियो ओपनिङ हासिल गरेको हो। ‘तेरे इश्क मे’ ले ७ दिनमा हालसम्म ८६ करोड रुपैयाँ कमाएको छ।
रणवीर सिंहका प्रमुख सफल फिल्महरूको कुल कलेक्शनस्
पद्मावत – ३०२ करोड
सिंबा – २४० करोड
बाजीराव मस्तानी – १८३ करोड
रॉकी और रानी की प्रेम कहानी – १५३ करोड
गली बॉय – १३९ करोड



