Logo
२४ मंसीर २०८२, बुधबार

सर्वोच्चको परमादेशपछि हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरणको कार्यभार सम्हाले

अक्षरपाटी
२०८२ मंसीर २४ , बुधबार ११:१२ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदवहाली गरेका छन्। सर्वोच्च अदालतको परमादेशपछि शाक्यले बुधबार बिहान प्राधिकरणमा पुगेर पदवहाली गरेका हुन्।

सोमबार सर्वोच्चले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा सरुवा गर्ने सरकारको निर्णय बदर गरिदिएको थियो। उक्त आदेशसँगै शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्स्थापित भएका हुन्।

सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै उनले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

जेनजी आन्दोलनपछि कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि उनको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

केपी ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

नेपाल विद्युत प्राधिकरण हितेन्द्रदेव शाक्य