


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।
सहकारी ठगी तथा संगठित अपराध अभियोगमा लामो समयदेखि थुनामा रहेका लामिछानेलाई उच्च अदालत बुटवलका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको हो।
जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राखेर थुनामुक्त गर्न आदेश दिएको हो।


