
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आजसम्मकै उच्च कायम भएको छ।
आइतबार सुनेको भाउले नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजोभन्दा यो प्रतितोला १ हजार ३ सय रुपैयाँ बढी हो। त्यस्तै चाँदीको भाउ पनि तोलामा २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको भाउ


