
काठमाडौं। आज तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्व धुमधामका साथ मनाउँदैछन्।
सो पर्वका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले शुभकामना व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले पर्वहरुले आपसी एकता, भाइचारा, शान्ति र सद्भाव बढाउन प्रेरणा मिलोस भन्ने कामना गरेकी छन्।
एक शुभकामना सन्देशमार्फत उनले सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन्। पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेकी छन्।
प्रधानमन्त्री सुशीला कार्की


