
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ। त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।




