Logo
२१ भदौ २०८३, आईतबार

एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त

अक्षरपाटी
२०८२ पुस २१ , सोमबार ०५:०१ मा प्रकाशित

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। पुस २० गते सम्पन्न र्बैंकको सञ्चालक समितिको बैठकले खतिवडालाई रिक्त रहेको बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, उर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशक भन्दा लामो व्यवसायिक अनुभव हासिल गरेका छन्। खतिवडा वित्त तथा व्यवस्थापन विज्ञका रुपमा परिचित छन्।

उनको कार्यकाल ४ वर्षको हुनेछ।