Logo
१७ वैशाख २०८३, बिहीबार

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

अक्षरपाटी
२०८२ फागुन २२ , शुक्रबार ०८:०३ मा प्रकाशित

भरतपुर । चितवन क्षेत्र नम्बर २ मा जारी मतगणनामा रवि लामिछाने फराकिलो मतान्तरसहित अग्रस्थानमा देखिएका छन्।

हालसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले २ हजार ८ सय १ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले १ हजार २ सय ५९ मत पाएका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी मिना खरेलले ९ सय १६ मत ल्याएकी छन्।

उक्त क्षेत्रमा मतगणना जारी रहेको छ।

रवि लामिछाने