Logo
१९ वैशाख २०८३, शनिबार

सुनसरी-१ मा श्रम संस्कृतीका राई निर्वाचित

अक्षरपाटी
२०८२ फागुन २४ , आईतबार ०३:०३ मा प्रकाशित

धरान (सुनसरी) । सुनसरी क्षेत्र नं १ बाट श्रम संस्कृती पार्टीका हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उहाँले ३५ हजार ७४१ मत प्राप्त गरे।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरे। त्यस्तै, नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का टीकाराम लिम्बुले छ हजार ४६३ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा विभिन्न दल १९ र स्वतन्त्रका ७ जनासहित २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी जम्मा २७ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८ सय ६५ मत खसेको थियो।