Logo
२२ कात्तिक २०८३, आईतबार

‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवमा बुटवलमा भारतीय सांस्कृतिक प्रस्तुति

अक्षरपाटी
२०८३ कात्तिक २१ , शनिबार ०६:११ मा प्रकाशित

बुटवल । भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित भारतीय दूतावासले बुटवलमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

बुटवलमा आयोजित कार्यक्रममा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को टोलीले विभिन्न लोकधुन तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो।

विजय भारतीको नेतृत्वमा रहेको टोलीले भारतीय लोकसंगीत र संस्कृतिको विविधता झल्काउने प्रस्तुति दिँदा कार्यक्रमस्थलमा उपस्थित दर्शक मन्त्रमुग्ध भएका थिए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेसहित स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सव मनाउने क्रममा नेपालका विभिन्न स्थानमा भारतीय दूतावासले सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ।

बुटवलको कार्यक्रम पनि नेपाल र भारतबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको भारतीय दूतावासले जनाएको छ।

कार्यक्रममा प्रस्तुत लोकसंगीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत भारतको समृद्ध सांस्कृतिक सम्पदा र विविधतालाई नेपाली दर्शकमाझ प्रस्तुत गरिएको थियो।

ट्रेन्डिङ ( साप्ताहिक )