Logo
१८ वैशाख २०८३, शुक्रबार

कैलाली भन्सारद्वारा करिब साढे पाँच अर्ब राजस्व सङ्कलन

अक्षरपाटी
२०८२ चैत्र ४ , बुधबार १२:०३ मा प्रकाशित

कैलाली – कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले भन्सार महसुलतर्फ दुई अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब सात करोड ५९ लाख, अन्तःशुल्कतर्फ रु १० करोड ५६ लाख र अन्यतर्फ एक अर्ब २१ करोड ६६ लाख राजस्व सङ्कलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिए । 

उनका अनुसार कार्यालयको चालु आर्थिक वर्षमा नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । आठ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ५५ दशमलव ६७ प्रतिशत रहेको उनले जानकारी दिए ।

राजस्व