Logo
१७ वैशाख २०८३, बिहीबार

गगनको विकल्प गगन नै किन ?

अक्षरपाटी
२०८२ चैत्र १० , मंगलबार ०९:०३ मा प्रकाशित

o नरेन्द्र भट्ट

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको राजीनामा अहिले नेपालको राजनीतिमा सर्वाधिक चर्चाको विषय बनेको छ। थापाले भर्खरै सम्पन्न निर्वाचनमा पार्टीले भोगेको पराजयलाई सभापतिको हैसियतमा आफ्नो नैतिक जिम्मेवारी भन्दै पदबाट राजीनामा दिने मनसाय पार्टीका उपसभापति विश्वप्रकाश शर्मा समक्ष प्रकट गरेसँगै सुरु भएको राजीनामाको विषयले राजीनामा दिइसकेर केन्द्रीय समितिले अस्वीकृत गरिसक्दासम्म पनि चर्चा नै पाइरहेको देखिन्छ।

पार्टीको वैधानिक व्यवस्थाअनुसार उपसभापति विश्वप्रकाश शर्मामार्फत केन्द्रीय कार्यसमितिमा पुगेको उनको राजीनामा केन्द्रीय कार्यसमितिको सतप्रतिशत सहमतिले अस्वीकृत गरिसकेको छ।

नेपालको समकालीन राजनीतिमा नैतिक मूल्य र आदर्शको खडेरी महसुस भइरहेको सन्दर्भमा पदीय मोहभन्दा माथि उठेर गरिएको यो पदत्यागको छुट्टै मूल्य र महत्व छ। यद्यपि यसको पक्ष र विपक्षमा वौद्विक वर्गदेखि चियाचौतारीसम्म चर्चा र वहस चलि नै रहेको छ।

करिब पैतीस बर्षमध्ये अत्यधिक समय सत्ताको वरीपरि नै रहेको पार्टीको सम्पूर्ण अपजस आफ्नो शीरमा धारण गरेर दिएको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्नु अस्वाभाविक र असान्दर्भिक देखिदैन।

करिब पैतीस बर्षमध्ये अत्यधिक समय सत्ताको वरीपरि नै रहेको पार्टीको सम्पूर्ण अपजस आफ्नो शीरमा धारण गरेर दिएको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्नु अस्वाभाविक र असान्दर्भिक देखिदैन।

यस विषयलाई गगनको पतनमा आफ्नो उदय देख्ने केही पार्टीभित्रका तथा काँग्रेसको पतनमा आफ्नो स्थायित्व देख्ने केही अन्य पार्टीका पूर्वाग्रही मनोविज्ञानले प्रेरित तत्वबाहेक नेपाली काँग्रेसका आम कार्यकर्ता, वुद्धिजीवि तथा पार्टीका शुभचिन्तक एवं लोकतन्त्रवादीहरुले स्वागत गरेको देखिन्छ।

वर्तमान परिवेशमा सान्दर्भिक नदेखिए पनि उनको यो राजीनामाले दीर्घकालीन महत्व भने बोकेको छ । भविष्यका लागि आदर्श राजनीतिको एउटा गर्विलो नजिर बन्नेछ ।

विशेष महाधिवेशन र काँग्रेसमा रुपान्तरण

नेपाली काँग्रसको विशेष महाधिवेशन कुनै लहड, उत्तेजना वा महत्वकांक्षाका कारण भएको थिएन।

चौधाैँ महाधिवेशनको वैधानिक कार्यकाल समाप्त हुन लाग्दा पनि तत्कालीन नेतृत्वले पध्रौँ महाधिवेशनको कुनै सुरसार नगरेको अर्थात् गर्न नचाहेको अवस्थामा पार्टीलाई थिति र विधिको बाटोमा हिँडाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहलकदमी बढाएपछि विशेष महाधिवेशन सम्भव भएको हो।

चौधाैँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाको सत्ताराजनीति र त्यसैको उपजमा जन्माएका दुई अलग-अलग कम्युनिष्ट पार्टीसँग गरिएका अलग-अलग गठबन्धनले कार्यकर्तामाझ अलोकप्रिय बन्दै गएका देउवाको विकल्प खोज्न सयममै महाधिवेशन आवश्यक ठानिएको थियो।

काँग्रेस एमालेको सत्ता गठबन्धनबाट न जनताको चित्त बुझेको थियो न त कार्यकर्ताहरु नै सन्तुष्ट थिए। जेन्जी विद्रोहपछि ओली नेतृत्वको सरकारसँगै संसद् समेत विघटन भइ देश मध्यावधि निर्वाचनतर्फ उन्मुख भयो।

महामन्त्रीद्वय थापा र शर्माले उच्च प्राथमिकता तथा अनिवार्यताका साथ उठाएको महाधिवेशनको आवाज दबाउन र केन्द्रीय समितिको म्याद थप्न बोलाइएको केन्द्रीय समितिको बैठकले डेढ महिना लगाएर समयअभावको बहाना बनाएर महाधिवेशनको कार्यतालिका बैशाखमा सार्नखोजेपछि महाधिवेशन पक्षधरले त्यसको कडा विरोध गरे।

वैधानिक व्यवस्थाअनुरुपकै समयसीमाभित्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहँदा आम निर्वाचनभन्दा संसद् पुनःस्थापनको ओलीपथमा बढी रुचि देखाइरहेको तत्कालीन संस्थापन पक्षले निर्वाचन र महाधिवेशन दुबै टार्ने अनेक प्रयत्न गरिरह्यो।

वैधानिक व्यवस्थाअनुरुपकै समयसीमाभित्र महाधिवेशन गर्नुपर्ने आवाज उठिरहँदा आम निर्वाचनभन्दा संसद् पुनःस्थापनको ओलीपथमा बढी रुचि देखाइरहेको तत्कालीन संस्थापन पक्षले निर्वाचन र महाधिवेशन दुबै टार्ने अनेक प्रयत्न गरिरह्यो।

महामन्त्रीद्वयले भने सडकमा व्यक्त भएको जनभावना, कार्यकर्ताको चाहना, असन्तुष्टि र आक्रोसको अवज्ञा गर्न नहुने भन्दै निर्वाचन र निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने अडान कायम राखे।

यसै विवादकाबीच विधिवत रुपमा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव कार्यान्वयनको चरणमा पुग्यो। ६४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको सहभागितामा विशेष महाधिवेशन सम्पन्न भयो।

गगन सभापति चुनिए । समयको मागअनुरुप काँग्रेस रुपान्तरणको बाटोमा गयो। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधता दिएपछि गगनलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर गगनकै हस्ताक्षरमा रुख चिह्न लिएर १६५ निर्वाचन क्षेत्रमा काँग्रेस निर्वाचनमा होमियो।

काँग्रेस पराजयको कारण र दोषारोपणको दोहोरी

विगतका सबै भ्रष्टाचारका फाइल खोल्ने, भ्रष्टाचारीहरूलाई जेल हाल्ने, जेन्जी आन्दोलनका दमनकर्तालाई कारवाही गर्ने तथा सत्ता र शक्तिको आडमा हुने गरेका सबै असमानता, भेदभाव र पक्षपातको अन्त्य गरी मेरिटोक्रेसीलाई वैधता दिने रास्वपाको नाराले मतदातालाई बढी आकर्षित गर्यो। बालेनको हकी छविले पनि यो सवालमा रास्वपालाई आक्रामक बनाउन मदत गर्यो।

आम निर्वाचनमा अत्यन्तै न्यून सङ्ख्यासहित काँग्रेस दोस्रो स्थानमा खुम्चिन पुग्यो। विशेष महाधिवेशन विरोधी पक्षले पराजयको दोष गगन थापामाथि थोपर्न कुनै कसर बाँकी राखेन।

गगनलाई दोषारोपण गर्न र गिज्याउन राप्रपा र एमालेका नेतादेखि रास्वपाका कार्यकर्तासम्मले सामाजिक सञ्जालको भरपूर दुरुपयोग गरे। गगन विरोधी मिडियाहरुले गगनको साहसिक र ऐतिहासिक विद्रोहको खिल्ली उडाउन समय र श्रम खर्च गरे।

पराजयको जिम्मेवारी लिएर उनले राजीनामा दिने सोच बनाएको थाहा पाएपछि त्यसलाई मिडिया ट्रायलको नाम दिएर खिल्ली उडाए। निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य सकिएपछि जब उनको राजीनामा आयो केन्द्रीय समितिबाट स्वीकृत नगर्ने सर्तमा राजीनामा आएको भन्ने मिथकसम्म बनाउन भ्याए।

निर्वाचन परिणामबारे काँग्रेस केन्द्रीय समितिमा दुई दिन लगाएर समीक्षा भयो । पराजयको कारणबारे व्यापक छलफल भयो । काँग्रेस पराजयको कारण वास्तवमा काँग्रेसकै विगत थियो।

विगत पैतीस वर्षसम्म अधिकांस समय सरकारमा रहँदा भ्रष्टाचार नियन्त्रण र सुशासनको सवालमा देखाएको कमजोरी काँग्रेस पराजयको मुख्य कारण थियो ।

मतदाताले भाद्र २३ गेतेको जेन्जी प्रदर्शनमा भएको दमनको जिम्मेवार पनि तत्कालीन सत्तागठबन्धनमा रहेका एमाले र काँग्रेसलाई नै ठान्नु पनि स्वाभाविकै थियो।

भाद्र २३ र २४ गते सडकमा देखिको विद्रोहको अर्को संस्करण फागुन २१ गते ब्यालेटमा देखियो र निर्वाचन परिणम सत्ताबाहिर रहेको रास्वपाको पोल्टामा गयो।

विगतका सबै भ्रष्टाचारका फाइल खोल्ने, भ्रष्टाचारीहरूलाई जेल हाल्ने, जेन्जी आन्दोलनका दमनकर्तालाई कारवाही गर्ने तथा सत्ता र शक्तिको आडमा हुने गरेका सबै असमानता, भेदभाव र पक्षपातको अन्त्य गरी मेरिटोक्रेसीलाई वैधता दिने रास्वपाको नाराले मतदातालाई बढी आकर्षित गर्यो। बालेनको हकी छविले पनि यो सवालमा रास्वपालाई आक्रामक बनाउन मदत गर्यो।

बदलिएको काँग्रेसले पनि यी मुद्दाहरुमा आफ्नो प्रस्ट धारणा अघि सारे पनि छोटो समयमा मतदातालाई बुझाउन र मनाउन सकेन । भाद्र २३ को दमन तथा अधिकांश भ्रष्टाचारका काण्डहरुमा काँग्रेस नेताहरुकै अनुहार सम्झिएपछि गगनले आफ्नै नेताहरुमाथि छानविन र कारवाही गर्लान भन्ने कुरामा आम मतदाता ढुक्क हुन सकेनन्।

बदलिएको काँग्रेसले पनि यी मुद्दाहरुमा आफ्नो प्रस्ट धारणा अघि सारे पनि छोटो समयमा मतदातालाई बुझाउन र मनाउन सकेन । भाद्र २३ को दमन तथा अधिकांश भ्रष्टाचारका काण्डहरुमा काँग्रेस नेताहरुकै अनुहार सम्झिएपछि गगनले आफ्नै नेताहरुमाथि छानविन र कारवाही गर्लान भन्ने कुरामा आम मतदाता ढुक्क हुन सकेनन्।

गगनले देउवा र आफूबाटै छानविन र कारवाहीको प्रतिबद्धता गरे पनि आफ्नै नेतामाथि छानविन गर्ने कुराबाट एकातिर मतदाता आश्वास्त हुन सकेनन् भने अर्कोतिर विभिन्न काण्डहरुमा मुछिएका र त्यसैकारण टिकट पनि नपाएका आफ्नै पार्टीका नेताहरुको अन्तर्घातको गुप्त घेराबन्दीमा उनी स्वयम् परे।

आफू र आफ्नो पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाबाटै छानविनको सुरुवात गर्ने गगनको उद्घोषले पार्टीभित्रै सङ्गठित अन्तर्घातको आधार खडा गरिदियो।

गगनको यस घोषणाले लोकतन्त्र र सदाचारमा विश्वास गर्ने पार्टीका कार्यकर्ता तथा वुद्विजिवीवर्गको समर्थन र प्रसंशा पाए पनि एकातिर आम मतदाताले पत्याइदिएनन् भने अर्कोतिर अन्तर्घातले मलजल पायो।

यसरी मतदातालाई आफ्नो एजेण्डामा विश्वस्त पार्न नसकेको अवस्थामा पार्टीभित्रैबाट भएको समूहगत अन्तर्घातले गगन र काँग्रेसलाई प्रतिरक्षात्मक बनाइदियो।

गगनको विकल्प गगन

अहिलेको समयले साथ नदिए पनि गगनको यात्रा रोकिने सम्भावना छैन। समयको मागसँगै यो देश गगनको रोडम्यापमा चल्ने छ र उनी स्वयम् नै यसका चालक हुनेछन्। काँग्रेसमा गगनको विकल्प गगन ठहरिए झैं ढिलोचाँडो यो देशले पनि अब्बल विकाल्पका रुपमा गगनलाई नै खोज्ने निश्चित छ।

दुई दिनसम्म चलेको केन्द्रीय कार्य समितिको बैठकले वर्तमान समयमा गगनको विकल्प गगन नै भएको निश्कर्ष निकाल्दै उनको राजीनामा अस्वीकृत गरेपछि गगन पदीय जिम्मेवारीमा फर्किसकेका छन् ।

आगामी समयका लगि नेपाली काँग्रेसभित्र मात्र होइन देशकै लागि अब्बल विकल्पका रुपमा गगन स्थापित भइसकेका छन्। पुरानाहरुप्रतिको विकर्षण र नयाँप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा गगन भोलिको लागि एकछत्र विकल्प बन्न पुगेका छन्।

पराजयपश्चात पनि बन्न पुगेको गगनको यस छवीबाट विजयी दल रास्व मात्र नभइ परम्परागत प्रतिस्पर्धी दल एमाले पनि सचेत र सर्तक बनेको देखिन्छ। अहिले गगनको पराजय र राजीनामाबारे समाजिक सञ्जालहरुमा नकारात्मक टिप्पिणी गर्नेहरुमा रास्वपा र एमालेका समर्थक बढी देखिनुले यस कुराको पुष्टि गरेको छ।

झण्डै दुई तिहाइको नजिक पुगेको रास्वपाले जनतासामु यति धेरै वाचा गरेको छ कि भविष्यमा त्यसै कारण ऊ समस्यामा पर्ने निश्चित छ। रास्वपाका नेताहरुले जतिसुकै आदर्शका कुरा गरे पनि उनीहरु विचौलियाहरुको घेराबन्दीमा परिसकेको कुरा हालै आफ्ना विजयी सांसदहरुका लागि गरेको अभिमुखिकरण तालिमको आयोजनास्थलबाटै प्रष्ट हुन्छ।

हिजो नेपाललाई स्वीजरल्याण्ड र सिंगापुर बनाउछौँ भन्दै झण्डै दुईतिहाई बटुल्न सफल बनेका प्रचण्ड के कारण र कति चाँडै ओरालो लागे भन्ने गतिलो नजिर हाम्रासामु ताजै छ। रास्वपाका महत्वाकांक्षी तर विवादित् कमाण्डरद्वय रवि र बालेलको ‘केमेस्टि’ कति दूरगामी हुन्छ भन्ने पनि चासोकै विषय छ।

उता केपी ओलीको अहङ्कार र अकर्मण्यताबाट थिचिएको एमाले भविष्यको वैकल्पिक शक्ति बन्ने कुनै आधार देखिदैन। हालै सम्पन्न महाधिवेशनबाट भारी मतले विजयी बनेका ओली नेतृत्वलाई हल्लाउन सक्ने आँट र सामथ्र्य पार्टीमा कसैसँग देखिदैन।

नेतृत्वमा ओली रहुँञ्जेल पार्टीका जरा भने हल्लिई नै रहने निश्चित छ। गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे जस्ता केही आशलाग्दा अनुहार एमालेमा भए पनि ओली प्रभुत्वका अगाडि तिनको स्वर दबिएको छ।

ओलीसत्ताको सामर्थ्यका सामु तिनीहरु सीमान्तिकृत अवस्थामा छन् । आगामी दिनमा पनि एमालेले नयाँ नेतृत्व पाउने सम्भावन कम छ। ओलीकै छहारीमा महेश बस्तेतहरु हावी हुँदै जाने र जनतासँग दुरी बढ्दै जाने खतरा एमालेमा बढ्ने देखिन्छ।

पार्टीको अवस्था जति कमजोर भए पनि पार्टीभित्रमा आफ्नाे पोजिसन स्थिर रहिरहनु पर्छ भन्ने ‘ओलीलोजी’ले एमालेको यात्रा थप ओरालो लाग्ने निश्चित छ । पार्टी एकीकरणको नाममा नयाँ नयाँ नेता थप्दै, पुराना नेताकार्यकर्तालाई पाखा लगाउँदै फरक फरक निर्वाचनमा फरक फरक रुप, रङ् र स्थानमा प्रकट हुने प्रचण्डको भावी राजनीतिमा खासै स्थान नरहने सङ्केत यस पटकको मतपरिणामले गरिसकेको छ।

पार्टीको अवस्था जति कमजोर भए पनि पार्टीभित्रमा आफ्नाे पोजिसन स्थिर रहिरहनु पर्छ भन्ने ‘ओलीलोजी’ले एमालेको यात्रा थप ओरालो लाग्ने निश्चित छ ।

पार्टी एकीकरणको नाममा नयाँ नयाँ नेता थप्दै, पुराना नेताकार्यकर्तालाई पाखा लगाउँदै फरक फरक निर्वाचनमा फरक फरक रुप, रङ् र स्थानमा प्रकट हुने प्रचण्डको भावी राजनीतिमा खासै स्थान नरहने सङ्केत यस पटकको मतपरिणामले गरिसकेको छ।

प्रस्ट मिसन र भिजनका साथ पार्टीभित्र एकछत्र कमाण्डर स्थापित भइसकेका गगनलाई देशकै उम्दा विकल्पको रुपमा मत प्रकट भइसकेको छ।

गगन थापाले जेन्जी विद्रोहबाट प्रकट भएको भावनालाई आत्मसात गरे। पार्टीभित्रको यथास्थिति बदले । विगतका कमीकमजोरीका लागि क्षमा याचना गरे । बदलिने प्रण गरे ।

सकारात्मक परिवर्तनका लागि पार्टीमा आवाज बुलन्द बनाए। नेतृत्वले नसुनेपछि पार्टीभित्रै विद्रोह गरे। परिवर्तनका पक्षधर युवाको विश्वास जिते। वैधानिक ढङ्गले विशेष महाधिवेशन गरेर काँग्रेसलाई रुपान्तरणको दिशामा लगे।

संसद् पुनःस्थापनाको बैशाखी टेकेर पुनःसत्तामा पुग्न खोजेका ओलीसँग काँग्रेसको सम्बन्ध विच्छेद गराएर पार्टीलाई चुनावमा ल्याए। लाखौं कार्यकर्ताको माया पाए। वौद्विक वर्गको समर्थन पाए। देश बदल्ने खाका लिएर निर्वाचनमा होमिए।

जनताको भावना विपरित गरिने अप्राकृतिक चुनावी गठबन्धन तथा तालमेलको अन्य गरिदिए। यो निर्वाचनमा सबै पार्टीहरुले आफ्नै खुट्टामा उभिएर एकल रुपमा चुनाव लड्ने परिस्थिति निर्माण हुनु र एउटै पार्टीको एकमना सरकार बन्ने अवस्था आउनुमा गगनकै नीतिको अहम भूमिका छ।

नेपालको राजनीतिमा रुपान्तरण, पुस्तान्तरण र शुद्धिकरणको आवाज उठाउने पहिलो व्यक्ति गगन नै हुन। तीन दलका तीन नेताको सिन्डिकेटबाट यो देशले मुक्ति पाउनुपर्छ भन्ने अभियान उनले नै सुरु गरेका हुन्।

गगनले यो देशमा केही गर्न सकिन्छ भन्ने आशा र अठोटका साथ पछिल्लो डेढ दशकदेखि नै योजनाबद्ध काम गर्दै आएका थिए। देशको अवस्था बदल्न उनले आफ्नो पार्टीको अवस्था बदल्नु थियो। यसका लागि सबैभन्दा पहिले पार्टीमा रुपान्तरण गर्न जरुरी थियो।

पुरातनवादी सोच, सँस्कार र शैलीमा रमाएको नेतृत्वबाट देशको सपना पूरा नहुने देखेपछि उनले पार्टीमा रुपान्तरण ल्याए। उनले कोरेको रोडम्याप बेलैमा पार्टी नेतृत्वले बुझ्ने प्रयास गरेको भए उनको त्यो रोडम्यापमा नेपाली काँग्रेसको गाडी गुडिरहेको हुन्थ्यो तर आज गगनको रोडम्यापमा रास्वपाको गाडीले यात्रा तय गरेको छ ।

अहिलेको समयले साथ नदिए पनि गगनको यात्रा रोकिने सम्भावना छैन। समयको मागसँगै यो देश गगनको रोडम्यापमा चल्ने छ र उनी स्वयम् नै यसका चालक हुनेछन्। काँग्रेसमा गगनको विकल्प गगन ठहरिए झैं ढिलोचाँडो यो देशले पनि अब्बल विकाल्पका रुपमा गगनलाई नै खोज्ने निश्चित छ।

(लेखक : नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्)

आलेख गगन थापा नरेन्द्र भट्ट नेपाली कांग्रेस

ट्रेन्डिङ ( साप्ताहिक )