Logo
४ वैशाख २०८३, शुक्रबार

जोस र होसको सन्तुलन मिलाएर जनादेश सम्बोधन गर्न सुझाब

अक्षरपाटी
२०८२ चैत्र १३ , शुक्रबार ०२:०३ मा प्रकाशित

काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकी छन्।

उनले सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिँदै ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा आफू अत्यन्त हर्षित भएको समेत उल्लेख गरेकी छन्।

उनले बधाईसँगै नवनियुक्त प्रधानमन्त्री शाहलाई जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सुझाव दिएकी छन्।

उन भनाइमा नयाँ नेतृत्वले उत्साहसँगै परिपक्वता पनि देखाउँदै जनअपेक्षालाई सम्बोधन गर्नुपर्ने सुझाव र अपेक्षा गरिएको छ।

बालेन शाह सुशीला कार्की