Logo
४ वैशाख २०८३, शुक्रबार

जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा डोटीका युवक कैलालीबाट पक्राउ

अक्षरपाटी
२०८२ चैत्र १५ , आईतबार ०७:०३ मा प्रकाशित

धनगढी – सरकारी जागिर लगाइदिने तथा विभिन्न अनुदान उपलब्ध गराइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डोटीको आदर्श गाउँपालिका–२ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–६ लालपुर बस्दै आएका ३३ वर्षीय तुला राम कोलीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।

उनलाई प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ। 

प्रहरीका अनुसार हालसम्म कोलीविरुद्ध कुल अन्दाजी १ करोड २० लाख रुपैयाँ बराबरको ठगी गरेको आरोपमा १० वटा उजुरी दर्ता भएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ठगी