Logo
४ वैशाख २०८३, शुक्रबार

बालेन सरकारसँग मसिना अपेक्षा, २०८३ को शुभकामना !

अक्षरपाटी
२०८३ वैशाख १ , मंगलबार ०५:०४ मा प्रकाशित

  • नेपाली जनताले चाहेका विषय बढेमानका छैनन्। घरघरमा ग्यासको पाइप खोजेका होनन्, सिलिन्डरमै आउने ग्यास पनि सहज र सुलभ पहुँच बनाइयोस भन्ने चाहना राखेका हुन्।
  • जनताकै करबाट पारिश्रमिक लिएर ‘जनताका महाजन हाैँ’ भन्ने सोच बोकेर हप्काउने कर्मचारीतन्त्रभित्रको सदियाैँदेखिको व्यथिति बढारियोस भन्ने कामना गरेका हुन्।
  • उपचारका लागि अस्पताल पुग्दा त्यहाँ काट्नुपर्ने दश फन्का, नभेटिने डाक्टर र खानुपर्ने खप्कीले उल्टै मानसिक विचलन बोकेर घर फर्कनुपर्ने अवस्था बदलियोस भन्ने अपेक्षा गरेका हुन्।

विशेष सम्पादकीय

विक्रम संवत २०८२ केही प्रहर अघि मात्रै हामीबाट विदा भएर गएको छ। वर्ष ०८२ विदा भएर गए पनि त्यसले दिएको परिणाम र सम्झना चीरस्थायी हुने पक्का छ। यतिबेला हामी नयाँ वर्ष २०८३ को ‘कोमल’ आँगनीमा उभिएका छौँ । आज नयाँ वर्षको पहिलो विहान । विहानी कोमल हुन्छ ।

हो, नेपाली इतिहासमा कैयौँ प्रहर यस्ता आए, जहाँ शताब्दी लामो निरंकुताविरुद्ध दशकभन्दा बढी संघर्ष गर्नुपर्यो। हाम्रा अग्रज राजनीतिज्ञहरुले लडेको त्यो लडाईँ सदैब प्रेरणा बनिरहनेछ। नागरिक स्वतन्त्रताका लागि गरिएको शहीदहरुको बलिदानी आगतमा पनि पुज्य रहीरहनेछ।

पटक पटक लडेर ल्याएको प्रजातन्त्र र कैयौँपटक खोसिएको स्वतन्त्रताका विरुद्ध लडेर अग्रजहरुले गरेको त्यागको फेहरिस्त इतिहासका पानामा भेटिने नै छ। तर चुरो कुरो २००७ सालदेखि ०८२ सम्म आइपुग्दा पनि आम नेपालीले खोजेको लोकतन्त्रभित्रको लोककल्याणकारी राज्यको स्थापना भने आकाशको फलजस्तै बनिरह्यो।

सुशासन, भ्रष्टाचाररहित प्रशासन, सदाचारी राज्य संयन्त्र, लोककल्याणकारी सरकार र आत्मनिर्भर योजनाप्रति उदासिन नेतृत्वले आम नागरिकमा असन्तुष्टि चुलिँदै गयो । नाताबाद, कृपावाद, चाकडी, चाप्लुसी, पहुँच र पावर, आफ्नो र परायाको व्यहारले आम नागरिक आजित बन्दै गए।

असन्तुष्टिको यही आगोमा घ्यु थप्ने काम सत्ताच्युत भएको केपी ओली नेतृत्वको सरकारले गरिदियो । आम नेपाली युवाले आफ्नो अभिव्यक्ति, कुन्ठा, विचार वा भावना पोख्ने मात्र होइन, नेट, इन्टरनेटका माध्यमबाट गर्दै आएको थोरबहुत आयआर्जनको मुल नै सुकाउने गरि गरिएको सामाजिक सञ्चालमाथिको प्रतिबन्ध तत्कालिन राज्यसत्ताका लागि अभिसाप बन्यो।

जेनजी- जसलाई हामीले राजनीतिभन्दा परको पुस्ता ठानेका थियौँ, त्यही पुस्ताले इतिहासमै अकल्पनीय परिवर्तनको शंखनाद गरिदियो। हुन त केहीले ‘त्यसको पृष्ठभूमिको पाठ अर्कै थियो’ भनेर पनि पढाइरहेका छन्। तर त्यो पाठ मिथककै रुपमा रहने अनुमान गर्न सकिन्छ।

जसले निम्त्यायो जेनजी आन्दोलन । जेनजी- जसलाई हामीले राजनीतिभन्दा परको पुस्ता ठानेका थियौँ, त्यही पुस्ताले इतिहासमै अकल्पनीय परिवर्तनको शंखनाद गरिदियो। हुन त केहीले ‘त्यसको पृष्ठभूमिको पाठ अर्कै थियो’ भनेर पनि पढाइरहेका छन्। तर त्यो पाठ मिथककै रुपमा रहने अनुमान गर्न सकिन्छ।

किनकी नेपाली इतिहासमा भएका अत्यासलाग्दा र भयावह घटनाका पछाडि यस्तै अनेकन कथा बुनिएका थिए, जो आजपर्यन्त मिथकककै रुपमा रहेका छन्।

हामी यतिबेला नयाँ वर्षको नयाँ विहानीमा छौँ, नकारात्क अनुमान भन्दा सकारात्म अपेक्षा गराैँ। किनकि हामी उदाउँदै गरेको नयाँ घामको नयाँ किरणसँगै नयाँ आसा, नयाँ प्रतिज्ञा र नयाँ अपेक्षाको क्षणमा छौँ ।

‘कोमल’ ! कोमलको अर्थ यहाँ नयाँ वर्षको पहिलो घामलाई, नयाँ वर्षको भरखर सुरुवात भएको समयलाई मात्र संकेत गर्न खोजिएको होइन, नेपालको कोमल पुस्ता अर्थात, जेनजीले ल्याएको परिवर्तनमा ‘कोमल’ उमेरकै पुस्ताले यतिबेला देशको नेतृत्व गरिरहेको छ।

यो कोमलताको संयोजनले सुकुमार भविश्यको अपेक्षा गर्नु स्वभाविक हो। त्यसका लागि करिब दुईतिहाई मतदाताले आफ्नो मताधिकारबाट नेपालीको भविश्य निर्माणको विश्वाससहित बहुमत दिएर सत्तासिन गराएका पनि छन्।

कोमल पुस्ताको परिवर्तनको चाहनाबाट नेपाली राजनीतिक इतिहासमा कोमल उमेरको नेतृत्वसहित सरकार गठन भएको आज १८ दिन मात्रै पुग्दैछ। यति नै चाँडो धेरै अपेक्षाहरु गरिहाल्न हतार मात्रै हुनसक्छ । तर सरकारले थालेका १०० कार्यसूची, चालेका सुशासनका कदमहरुले सुधारको संकेत पक्कै गर्छ।

कोमल पुस्ताको परिवर्तनको चाहनाबाट नेपाली राजनीतिक इतिहासमा कोमल उमेरको नेतृत्वसहित सरकार गठन भएको आज १८ दिन मात्रै पुग्दैछ। यति नै चाँडो धेरै अपेक्षाहरु गरिहाल्न हतार मात्रै हुनसक्छ । तर सरकारले थालेका १०० कार्यसूची, चालेका सुशासनका कदमहरुले सुधारको संकेत पक्कै गर्छ।

हो, नेपाली जनताले चाहेका विषय बढेमानका छैनन्। घरघरमा ग्यासको पाइप खोजेका होनन्, सिलिन्डरमै आउने ग्यास पनि सहज र सुलभ पहुँच बनाइयोस भन्ने चाहना राखेका हुन्। मोनोरेलमा हुँइकिएर यात्राको कल्पनाभन्दा चलिरहेका सार्वजनिक यातायात भरपर्दा, सुरक्षित र समायनुकूल भइदिउन भन्ने खोजेका हुन्।

घन्टौँ लाइन बसेर भरेको लाइसेन्स, राष्ट्रिय परिचय पत्र होस या उद्योग नविकरणको फर्म हात पार्न महिनौ कुर्नुपर्ने दिनको अन्त्य होस भन्ने कामना गरेका हुन्। उपचारका लागि अस्पताल पुग्दा त्यहाँ काट्नुपर्ने दश फन्का, नभेटिने डाक्टर र खानुपर्ने खप्कीले उल्टै मानसिक विचलन बोकेर घर फर्कनुपर्ने अवस्था बदलियोस भन्ने अपेक्षा गरेका हुन्।

जनताकै करबाट पारिश्रमिक लिएर ‘जनताका महाजन हाैँ’ भन्ने सोच बोकेर हप्काउने कर्मचारीतन्त्रभित्रको सदियाैँदेखिको व्यथिति बढारियोस भन्ने कामना गरेका हुन्।

बिहान घरबाट निस्किएको बाटो, साँझ घर फर्कँदा कहाँनिर खाल्डो पारिएको छ ? भन्ने पत्तै नपाएर घाइते हुनुपर्ने वा ज्यानै गुमाउनुपर्ने नियतिबाट मुक्ति होस भन्ने कामना अहिलेको सरकारसँग गरेका हुन्।

दुर्गम ‘दार्चुला’मा किताबको अनुहारै नदेखि एसईई दिनुपर्ने सरकारी विद्यालयको विद्यार्थी र ‘युलियन्स वा बुढानिलकण्ठ’मा अत्याधुनिक सुविधासहित पढेको विद्यार्थीले सामना गर्नुपर्ने एउटै प्रतिस्पर्धाको अत्य गरि समान गुणस्तरको शिक्षाको सानो माग नेपाली नागरिकले गरेका हुन्।

दुर्गम ‘दार्चुला’मा किताबको अनुहारै नदेखि एसईई दिनुपर्ने सरकारी विद्यालयको विद्यार्थी र ‘युलियन्स वा बुढानिलकण्ठ’मा अत्याधुनिक सुविधासहित पढेको विद्यार्थीले सामना गर्नुपर्ने एउटै प्रतिस्पर्धाको अत्य गरि समान गुणस्तरको शिक्षाको सानो माग नेपाली नागरिकले गरेका हुन्।

नुनदेखि सुनसम्म, सलाईदेखि मलाईसम्ममा कर तिरेर पनि पाउनुपर्दा राज्यबाट सरकारी अस्पतालको पर्चीका लागि पनि दिनकै दस्तुर तिर्नुपर्ने अवस्थाको अत्य अबको व्यवस्थामा चाहेका हुन्।

जीवनको उर्जावान उमेर, भएको घरखेत मासेर पढाएका सन्तती आफू असक्त हुँदा विदेशी भूमिका श्रमिक बनाएर पठाउनुपर्ने आम नेपाली आमाबुवाको दर्दनाक नियतिमा बदलाव हाेस भन्ने अपेक्षा आम आमाबुवाले गरेका हुन्।

आजिवन जमिन खोर्सिएर अन्न उब्जाउँदै दुनियाको पेट भर्ने तर उदांगो छानोमुनी एक छाल लुगा लगाउन नसक्ने किसानले श्रमको उचित मूल्य पाउने नेपालको कल्पना अबको पुस्ताले गरेका हुन्।

पसिना र पौरख पोखेर भवन बनाउने, सडक चल्काउने तर आफ्ना मुहारमा सँधै विसादका रेखा बोकेर हिँड्ने श्रमिकको अनुहारमा मुस्कान जेनजी पुस्ताले खोजेका हुन्।

यिनै मसिना माग सम्बोधन नभएकै कारण जेनजीले आन्दोलनको आँधिवेहरी ल्याएका हुन्। जुन आँधिवेहरीको उत्कर्षबाट नेपाली राजनीतिले नै नयाँ मोड लियो। जुन नयाँ मोडमा देशको चालकका रुपमा इतिहासकै नयाँ, युवा र कोमल पुस्ता आइपुगेको छ।

जसले सत्ता सम्हालेको समय धेरै भएको छैन, आजै आलोचना गर्ने बेला भएको छैन । कोमल नै छ। यहीबेला आगमन भएको छ- नयाँ वर्ष २०८३ । नयाँ वर्षको यो कोमल विहानीसँगै आम नेपालीले अपेक्षा गरेका यी सुकुमार तर मसिना चाहनाहरु पुरा गर्न वर्षमान सरकार सक्षम होस्। सबैमा नयाँ वर्षको शुभकामना।

सम्पादकीय
यो पनि हेर्नुहोस् : किसानको पनि होइन र, यो देश…!

ट्रेन्डिङ ( साप्ताहिक )