Logo
४ वैशाख २०८३, शुक्रबार

सर्वाेच्चले दियो गगन थापा नेतृत्वकाे कार्यसमितिलाई वैधानिकता

अक्षरपाटी
२०८३ वैशाख ४ , शुक्रबार १०:०४ मा प्रकाशित

काठमाडाैं। सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको नेतृत्वलाई आधिकारिकता दिएको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सो आदेश दिएको हो।यसअघि निर्वाचन आयोगले थापा नेतृत्वलाई वैधानिकता दिने निर्णय गरेको थियो।

कांग्रेसको विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वाेच्चले कानुनसम्म ठहर्‍याएको हो।

यो निर्णयसँगै विशेष महाधिवेशनलाई मान्यता नदिन शेरबहादुर देउवा समूहको माग सर्वाेच्चले अस्विकृत गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले निर्णयको संक्षिप्त आदेश सुनाएका ह हुन्। सर्वोच्च अदालतले पूर्णबहादुर खड्काद्वारा दायर रिट खारेज गरिएको जनाएको छ। योसँगै अब कांग्रेसमा आधिकारिकताको विवाद टुंगिएको छ।

गगन थापा नेपाली कांग्रेस