Logo
१४ वैशाख २०८३, सोमबार

सुनको भाउ तीन लाख नाघ्यो

अक्षरपाटी
२०८३ वैशाख १४ , सोमबार ०१:०४ मा प्रकाशित

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। 

यस दिन सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले बढ्दै तीन लाख रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको दुई लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तीन लाख पाँच सय रुपैयाँ पुगेको हो।

यसैगरी चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ। चाँदी तोलामा ५० रुपैयाँले वृद्धि हुँदै पाँच हजार ४५ रुपैयाँ कायम भएको छ।