


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ । गत शनिबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको छ ।
सुन

