Logo
१६ जेठ २०८३, शनिबार

यसपटक नेपाली कागजको फाइलमा बजेट वक्तव्य

अक्षरपाटी
२०८३ जेठ १५ , शुक्रबार ०३:०५ मा प्रकाशित

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले यसपटकको बजेट वक्तव्य परम्परागत झोला वा सुटकेसको सट्टा नेपाली कागजको फाइलमा तयार पारेका छन् ।

अर्थमन्त्री वाग्ले बजेट वक्तव्यसहित केहीबेरअघि अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकका लागि प्रस्थान गरेका हुन् ।

यसअघि विभिन्न अर्थमन्त्रीहरूले बजेट रातो सुटकेस वा अल्लोबाट बनेको झोलामा बोकेर संसद् पुग्ने परम्परा जस्तै बनाएका थिए । तर यसपटक भने वाग्लेले नेपाली कागज प्रयोग गरिएको फाइलमार्फत नयाँ शैलीको सुरुवात गरेका छन् ।

उनले केही दिनअघि सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणसमेत नेपाली कागजको रङमा तयार पारिएको आवरणमा प्रस्तुत गरेका थिए ।

नेपाली उत्पादन र मौलिकताको सन्देश दिने गरी बजेट प्रस्तुतिको शैली परिवर्तन गरिएको भन्दै यसलाई अर्थ मन्त्रालयको नयाँ प्रतीकात्मक अभ्यासका रूपमा समेत हेरिएको छ ।

नेपाली कागज बजेट