Logo
१८ जेठ २०८३, सोमबार

करुणालाई नेविसंघको जिम्मेवारी

अक्षरपाटी
२०८३ जेठ १८ , सोमबार ०७:०६ मा प्रकाशित

काठमाडौं। नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाललाई मनोनित गरिएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको भ्रातृ संगठन नेविसंघकाे नेतृत्वमा कटुवाललाई मनोनित गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयले तोकिएको मितिमा महाधिवेशन गर्ने गरी कटुवाललाई अध्यक्षको जिम्मेवारी दिइएको जनाएको छ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा करूणा कटुवाल (धनकुटा) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नु भएको छ’-केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

करुणा कटुवाल

ट्रेन्डिङ ( साप्ताहिक )