Logo
१८ जेठ २०८३, सोमबार

लेबनान आक्रमणपछि इरान आक्रोशित, अमेरिकासँगको शान्ति वार्तामा शंकट

अक्षरपाटी
२०८३ जेठ १८ , सोमबार ०९:०६ मा प्रकाशित

तेहरान। पश्चिम एशियामा जारी तनाव पुनः चर्किएको छ। लेबनानमाथि इजराइली आक्रमणको विरोध गर्दै इरानले अमेरिकासँग भइरहेको शान्ति वार्ता स्थगित गरेको घोषणा गरेको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरानले लेबनानमा भइरहेको इजराइली सैन्य कारबाहीलाई युद्धविरामको ठाडो उल्लङ्घन बताएको छ।

इरानले लेबनानमा शान्ति कायम राख्नु आफ्ना प्रमुख सर्तहरूमध्ये एक भएको बताउँदै बेरुतमाथिको आक्रमणले क्षेत्रीय अवस्था थप जटिल बनेको धारणा सार्वजनिक गरेको छ।

इरानले गाजा र लेबनानमा जारी इजराइली सैन्य आक्रमण तत्काल रोक्न माग गरेको छ।

लेबनानबाट इजराइली सबै सेना तत्काल फिर्ता हुनुपर्ने अडान समेत राखेको छ। तेहरानले गाजा र लेबनानमा सैन्य कारबाही जारी रहँदासम्म अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नहुने स्पष्ट पारेको छ।

इरानको आरोप छ कि अमेरिका इजराइलमाथि प्रभावकारी दबाब सिर्जना गर्न तथा आक्रमण रोक्न असफल भएको छ।

यसैबीच, इरान समर्थित समूहहरूले विश्व व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्ग र लाल सागरका प्रमुख समुद्री मार्गहरू बन्द गर्ने चेतावनी दिएका छन्।

जसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र व्यापारमा थप असर पर्ने चिन्ता बढाएको छ।

उता, यस विषयमा अमेरिकाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। पश्चिम एशियामा बढ्दो तनावले क्षेत्रीय सुरक्षा र विश्व बजारमा समेत प्रभाव पार्ने पक्काजस्तै छ।

अमेरिका इरान

ट्रेन्डिङ ( साप्ताहिक )