



काठमाडौँ। अमेरिका-इजरायल र इरानबीचको द्वन्द्व झनै उत्कर्षमा पुग्ने शंकेतहरु देखिन थालेका छन्।
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानले होर्मुज स्ट्रेट पुनः खोल्न दिएको अल्टिमेटम केही घन्टामै सकिँदैछ। तर युद्ध सुल्झनका संकेतहरु भने नदेखिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
ट्रम्प प्रशासनले दिएको डेडलाइनभित्र माग पूरा नभए इरानका सबै पावर सेन्टरहरु र पुलहरू पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्। याे समयसीमा सकिन अब केही घन्टा मात्रै बाँकी छ।
इरानले होर्मुज स्ट्रेट खाेल्ने भन्दा पनि आफ्नाे देशका पूर्वाधार जोगाउन ‘मानव चेन’ बनाउन आह्वान आफ्ना नागरिकलाई अपिल गरेको छ।
इरानको खेल तथा युवा मन्त्रालयले खेलाडी, कलाकार र विद्यार्थीसहित युवाहरूलाई मंगलबार दिउँसो २ बजेदेखि परमाणु केन्द्रहरू आसपास भेला हुन अपिल गरेको हो।
उक्त आह्वान ट्रम्पको डेडलाइन सकिनु अगावै गरिनुले इरानले होर्मुज नखोल्ने संकेत समेत गरेकाे छ।
तनाव बढ्दै जाँदा मध्यपूर्व क्षेत्रमा ठूलो द्वन्द्वको जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय समुदाय चिन्तित बनेको छ।
अमेरिका-इजरायल इरान द्वन्द्व होर्मुज स्ट्रेट



