


काठमाडाैं। बालेन शाह नेतृत्वको सरकारकाे सय दिनका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रमुख २० उपलब्धि सार्वजनिक गरेकी छन्।
मुख्य उपलब्धिहरु :-
१. २१७ अस्पतालमा ३ हजार २५५ निःशुल्क शैय्याको व्यवस्था।
२. २ हजार २६२ जना विपन्न तथा लक्षित वर्गलाई निःशुल्क उपचार प्रदान।
३. रगतको उपलब्धता सहजै थाहा पाउन ३१ वटा ब्लड बैंक अनलाइन प्रणालीमा।
४. बिरामीको स्वास्थ्य रिपोर्ट जुनसुकै अस्पतालबाट हेर्न मिल्ने डिजिटल प्रणाली स्वीकृत।
५. सरकारी अस्पतालहरूमा सुलभ फार्मेसी सुरु, निःशुल्क र बीमाका औषधि एकै ठाउँबाट वितरण।
६. सिंहदरबार वैद्यखानाबाट उत्पादित ३३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्ने सम्झौता।
७. देशका १४ ठूला सरकारी अस्पतालमा जलन (Burn) उपचार युनिट स्थापना।
८. जलनका बिरामीको उपचार सुनिश्चित गर्न २० करोडको विशेष कोष स्थापना।
९. आपतकालमा बिरामी उद्धार गर्न ११ हेलिकप्टर कम्पनीसँग सहुलियत दरमा सम्झौता।
१०. लामो समयदेखि रोकिएको स्वास्थ्य बीमाको १८ अर्ब ५८ करोड रुपैयाँ अस्पतालहरूलाई भुक्तानी।
११. मानसिक स्वास्थ्य समस्या समाधानका लागि ११६६ हटलाइनमार्फत निःशुल्क मनोपरामर्श सेवा।
१२. हिमाली जिल्लाहरूमा लेक लाग्ने समस्या (हाई अल्टिच्युड) उपचारका लागि क्लिनिक स्थापना हुँदै।
१३. आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार र अस्पतालहरूलाई उपचार खर्च भुक्तानी।
१४. जनगुनासो सुन्न ‘हेलो स्वास्थ्य’ (१११५) सुरु, प्राप्तमध्ये ७५% भन्दा बढी गुनासो तत्काल समाधान।
१५. निजी अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम तलब सुनिश्चित।
१६. राति काम गर्ने स्वास्थ्यकर्मी तथा डाक्टरहरूको ड्युटी भत्ता दुई गुणा वृद्धि।
१७. स्वास्थ्य सेवा छिटो र प्रभावकारी बनाउन ९७७ नयाँ दरबन्दी थप।
१८. मोबाइल भ्यानबाट १५ हजारभन्दा बढी तरकारी, फलफूल र खाद्यपदार्थको विषादी परीक्षण।
१९. सरकारले वितरण गर्ने निःशुल्क औषधि स्वदेशी उद्योग (नेपाल औषधि लिमिटेड) बाटै किन्ने व्यवस्था।
२०. अस्पतालको सरसफाइ र स्वास्थ्यकर्मीको बानी-व्यवहार सुधारका लागि छुट्टै अधिकृत तोकेर नियमित अनुगमन सुरु।


