


धनगढी । चवरा चौतारा समाज धनगढीले आइतबार धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिरामीका लागि आवश्यक रगतको अभाव हुन नदिन समाजले धनगढीको पार्कमोड अगाडि रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमा समाजमा आबद्ध सदस्य तथा अन्य रक्तदाताहरू रहेका थिए ।
समाजका अनुसार पछिल्लो समय समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरू गर्दै आएको छ । सोही क्रममा बिरामीलाई आवश्यक पर्ने रगतको आपूर्तिमा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रम चवरा चौतारा समाजका अध्यक्ष दीपेन्द्र बमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
चवरा चौतारा समाज रक्तदान

