


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को उक्त निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशी नदीमा आएको विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिनेछ।
नेपाल–चीन सीमा क्षेत्रमा आएको पहिरो तथा भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा उद्धारलाई प्राथमिकता दिँदै आएको छ।
दैवी प्रकोप कोष भोटेकोशी नदी

