Logo
२१ असोज २०८३, बुधबार

वर्षाका कारण कांग्रेसको बन्द सत्र ४ बजेलाई सारियो

अक्षरपाटी
२०८३ असोज २१ , बुधबार ०१:१० मा प्रकाशित

काठमाडौं । वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने चौथो दिनको बन्द सत्र ४ बजेलाई सारिएको छ।

बन्द सत्र बिहान साढे १० बजे सुरु गर्ने तयारी भए पनि वर्षाका कारण समय सारेर साढे ११ बजे गर्ने तयारी गरिएको थियो। तर हावाहुरीसहित ठूलो वर्षा भएपछि बन्द सत्र ४ बजेलाई सारिएको हो।

सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा। सुरेशराज आचार्यका अनुसार मौसम प्रतिकूल भएपछि बन्द सत्रको समय परिवर्तन गरिएको हो।

आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने तयारी छ।

बन्द सत्र नेपाली कांग्रेसको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ भने अन्य सञ्चारमाध्यमले पनि प्रत्यक्ष प्रसारण गर्न पाउनेछन्।

महाधिवेशनअन्तर्गत भोलि बिहान मतदान हुने कार्यतालिका छ।

कांग्रेसको १५ औँ महाधिवेशन नेपाली कांग्रेस