


धनगढी । पेट, छाती, मुटु, कलेजो, उच्च रक्तचाप तथा मधुमेह (सुगर) लगायतका स्वास्थ्य समस्या भएकाहरुका लागि धनगढीस्थित कैलाली अस्पताल प्रालिले विशेष सेवा दिने भएको छ।
वरिष्ठ चिकित्सक तथा प्रमुख कन्सल्टेन्ट ग्यास्ट्रोइन्ट्रोलोजिस्ट प्रा.डा. विधाननिधि पौडेलले कैलाली अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने भएका हुन्। अस्पतालका अनुसार प्रा.डा. पौडेल कार्तिक १३ र १४ गते कैलाली अस्पताल प्रा.लि.मा उपलब्ध हुनेछन्।
ग्यास्ट्रोइन्ट्रोलोजी अर्थात् पेट तथा पाचन प्रणालीसम्बन्धी रोगका विशेषज्ञ प्रा.डा. पौडेलले पेट, छाती, मुटु, कलेजो, उच्च रक्तचाप तथा मधुमेह (सुगर) लगायतका स्वास्थ्य समस्यासम्बन्धी परामर्श तथा उपचार सेवा दिने बताइएको छ।
विशेषज्ञ चिकित्सकबाट सेवा लिन चाहने बिरामीका लागि यो अवसर उपयोगी हुने अस्पतालले जनाएको छ। कैलाली अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न समयमा विशेषज्ञ चिकित्सकमार्फत नियमित तथा विशेष स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको जनाएको छ।
‘गुणस्तरीय सेवा, तपाईंको भरोसा’ नारासहित स्थापना भएको धनगढीमै निजी क्षेत्रको पुरानाे कैलाली अस्पताल प्रा.लि. जिल्ला प्रशासन कार्यालयअगाडि, धनगढी–१, पशुपति टोलमा रहेको छ।
कैलाली अस्पताल प्रालि प्रा.डा. विधाननिधि पौडेल

