




काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि ११० रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो दुई दिनको कारोबारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट देखिएको छ । मूल्य घटेसँगै सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ ।
सुनचाँदी

