Logo
६ मंसीर २०८३, आईतबार

सुनको मूल्यमा निरन्तर गिरावट, तोलामा २ हजार ८ सय रुपैयाँले घट्यो

अक्षरपाटी
२०८३ मंसीर ६ , आईतबार ११:११ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आउने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा तिहारपछि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ।

सुनचाँदी