




काठमाडौं । केही सातादेखि लगातार घटिरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले बढेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
सुन र चाँदी दुवैको मूल्यमा आज वृद्धि भएको हो।
सुनचाँदी

