




नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गरेका छन्।
सोमबार बिहान राजघाट पुगेका प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
यसअघि प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय सेनाको टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो। उक्त समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटघाट तथा कार्यक्रममा सहभागी भइरहेका छन्।
प्रधानमन्त्री बालेन शाह महात्मा गान्धी

