




काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका चिनिया नागरिकको साथबाट २ हजार ३४८ ग्राम अवैध सुन बरामद गरिएको छ। पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद सुन कहाँबाट ल्याइएको हो र उनीहरूले त्यो सुन कसका लागि ल्याएका हुन् भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।


