Logo
११ मंसीर २०८३, शुक्रबार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाह र रवि लामिछानेको भेट

अक्षरपाटी
२०८३ मंसीर ११ , शुक्रबार ०३:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज शीतलनिवासमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री शाहले भेटका क्रममा हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।

भेटमा सरकार सञ्चालन, संसद्, अध्यादेश तथा पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ।

त्यस्तै, रास्वपा सभापति लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका छन्।

उनीहरूबीच सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।

एकै दिन राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेको भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच अर्थपूर्ण रूपमा हेरिएको छ।

बालेन्द्र शाह रवि लामिछाने