Logo
२७ जेठ २०८२, सोमबार

कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक

अक्षरपाटी
२०७९ पुस १९ , मंगलबार ०३:०१ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन्।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई आज सो पदमा मनोनित गरेका हुन्।

सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गरेको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

लेखक कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी पूर्वमन्त्री हुन भने शान्ति प्रक्रिमा अग्रणी भूमिका निर्वाह गरेका थिए।