Logo
११ असार २०८३, बिहीबार

कक्षा १२ को नतिजा हतारमा सार्वजनिक गरिएको होइन : शिक्षामन्त्री

अक्षरपाटी
२०८३ असार ११ , बिहीबार ०५:०६ मा प्रकाशित

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने प्रक्रियामा कुनै हतारो नगरिएको स्पष्ट पारेका छन्। नतिजाप्रति विभिन्न प्रश्न र जिज्ञासा उठेपछि उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको उनले जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार गठित समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहनेछ।

सामाजिक सञ्जालमा राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे भइरहेका टिप्पणी तथा विद्यार्थीमाथि गरिएका नकारात्मक अभिव्यक्तिप्रति मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्री पोखरेलले बताएका छन्।

उनले बोर्डको नतिजा प्रक्रिया स्पष्ट, विश्वसनीय र नियमित कार्यविधिअनुसार सम्पन्न भएको उल्लेख गर्दै आवश्यक जनशक्ति थप तथा प्रशासनिक झन्झट हटाएर समयमै नतिजा सार्वजनिक गरिएको बताए। नतिजा प्रकाशनमा कुनै प्रकारको हतारो नगरिएको उनको भनाइ छ।

मन्त्री पोखरेलले आफ्ना माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थी तथा समूहप्रति सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा असम्मानजनक टिप्पणी नगर्न समेत सबैलाई आग्रह गरेका छन्।

कक्षा १२ शिक्षामन्त्री सस्मित पोखरेल

ट्रेन्डिङ ( साप्ताहिक )