Logo
२७ वैशाख २०८२, शनिबार

भट्टराई दम्पती नेपाली अमेरिकन सामुदायिक केन्द्रका ट्रष्टी

अक्षरपाटी
२०७९ चैत्र ११ , शनिबार ०९:०३ मा प्रकाशित

काठमाडौं। नेपालको हेटौंडाका गोपेन्द्र भट्टराई र उनकी धर्मपत्नी अन्जु भट्टराई नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी) आजीवन सदस्य बनेका छन्।

अमेरिकाको ईन्डियाना राज्यमा लामो समयदेखि बसोबास गर्दै आएका भट्टराई दम्पती चार हजार अमेरिकी डलर शुल्क बुझाएर आजीवन सदस्य बनेको केन्द्रले जनाएको छ।

समाजसेवी, बौद्धिक व्यक्तित्व, मृदुभाषी आइटी इन्जिनियर गोपेन्द्र र उनकी श्रीमतीले भुक्तान गरेको रकमले केन्द्रको भवन पुनःनिर्माण गर्न र नेपाली मन्दिर बनाउन ठूलो सहयोग पुग्ने केन्द्रले जनाएको छ। भट्टराई दम्पतीको आगमनलाई केन्द्रले स्वागत गरेको छ।