काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
शिक्षकलाई अनुदान कोटामा नियुक्त गराउने क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सर्लाहीको हरिपूर्वा ५ स्थित केश्वर गरिब जनता माविमा पढाइरहेका पाँचु रायलाई डिम जनता मावि परवानीपुरमा अनुदान कोटामा नियुक्त गराउने क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उपसचिव वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिना, शिक्षकको रूपमा नियुक्ति पाएका पाँचु राय र प्रधानाध्यापक नारायणप्रसाद बरालले अख्तियार दुरुपयोग गरि भ्रष्टाचार गरेको आरोपपत्रसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
भ्रष्टाचार मुद्दामा डामिएका उपसचिव तिमल्सिना हाल लालबन्दी नगरपालिका सर्लाहीमा शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत छन्।
अख्तियार