Logo
५ साउन २०८३, मंगलबार

निर्लज्ज इच्छाहरू

अक्षरपाटी
२०८३ जेठ १६ , शनिबार १२:०५ मा प्रकाशित

० जनकराज जोशी

एक कप सुगन्धित चिया पिउने आस,
कुनै दिन
तिमीसँग…!
कुनै पहाडमा,
सके हिउँले ढाकिएकाे हाेस्
पहाडकाे टुप्पो …!

अनि
उदाउँदो सूर्यलाई
दुई जाेर आँखाले सँगै हेर्ने इच्छा…
साथमा हुन्
अलैंचीकाे बासनाले सुगन्धित
केही क्षणहरू पनि…!!

साँच्चै, कति धेरै सपना छन्
मनभरिका कल्पना
सँगसँगै जीवन काटने अभिलाषा
तिमीसँग…!

इच्छा चाहानाहरू नि
कति अनाडी,
कति नासमझ हुन्छन है!
च्याउ उम्रे झैं उम्रिन्छन
निर्लज्ज, लाज नभएका
नकच्चरा इच्छाहरू…
समय नै नदेख्ने…!!!

(कवि : कैलाली हस्पिटलका अध्यक्ष हुन्)

कविता जनकराज जाेशी