Logo
१७ असार २०८३, बुधबार

राष्ट्रपति पौडेल पाँच दिनपछि शीतलनिवास फिर्ता

अक्षरपाटी
२०७९ चैत्र २२ , बुधबार ०७:०४ मा प्रकाशित

काठमाडौं। शनिबार स्वास्थ्यमा समस्या देखिएर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल पाँच दिनपछि शीतलनिवास फर्किएका छन्।

पेटमा समस्या देखिएपछि शनिबार राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए।

राष्ट्रपति पौडेल पाँच दिनको उपचारपछि अस्पतालबाट शीतलनिवास फर्किएको उनका स्वकीय सचिव चिरन्जिवी अधिकारीले बताएका छन्।

राष्ट्रपति पौडेललाई केही समय पूर्ण रुपमा आराम गर्न निकित्सकले सुझाएका छन्।

आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स तथा त्रिवि शिक्षण अस्पताल परिवारप्रति राष्ट्रपतिले आभार व्यक्त गरेका छन्।

त्यस्तै राष्ट्रपति अस्पताल भर्ना हुँदा स्वास्थ्य लाभको कामना गर्ने उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु पूर्वप्रधानमन्त्रीलगायत सुभेच्छुक सबैमा राष्ट्रपति पौडेलले कृतज्ञता व्यक्त गरेका छन्।