Logo
१ पुस २०८२, मंगलबार

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

अक्षरपाटी
२०८० वैशाख ४ , सोमबार ११:०४ मा प्रकाशित

बाजुरा। बाजुरामा सोमबार फेरि भूकम्पको धक्का महसुस भएको छ।

बडिमालिकामा केन्द्रबिन्दु बनाएर सोमाबार दिउँसो ४ बजेर १ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।

गत माघ १० गतेपछि बाजुरामा पटक पटक भूकम्पको धक्का महसुस हुने गरेको छ।